प्रबासमा नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताका बारेमा अन्तर्कृया गर्दै नेपाल पत्रकार महासंघ बेल्जियमले मनायो विश्व प्रेस स्वतन्त्रता दिवस, रुस युक्रेन युद्धमा मारिएका २० पत्रकारहरुलाई सम्मान र श्रद्धान्जली दिइयो ।

0

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्षमा ” प्रबासमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता बिच अन्तरसम्बन्ध ” बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेकोछ ।

बेल्जियमका बिभिन्न संघ संस्थाका पदाधिकारी एबम प्रतिनिधीहरु र पत्रकारहरु उपस्थित कार्यक्रममा रुस युक्रेन युद्धका क्रममा हाल सम्म कार्यक्षेत्रमा ज्यान गुमाएका २० जना पत्रकारहरुको सम्मानमा उहांहरुको तस्बिर प्रदर्शन गर्दै मौन धारण गरिएको थियो ।

प्रबासमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता बिषयमा नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष डिल्ली अंमाईले प्रस्तुत गर्नुभएको कार्यपत्रमा आफ्नो सुझाब र टिप्पणी राख्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास बेल्जियमका द्वितीय सचिब रुउस कार्कीले प्रबासबाट नेपाली पत्रकारहरुले नेपाली समुदाय र मातृभूमीलाई सहयोग पुग्ने गरी गरीरहेको पत्रकारिताको प्रशंशा गर्दै बेल्जियमको नेपाली समुदाय र यहाँका पत्रकारहरुसँग दुताबास सहकार्यका लागि तत्पर रहेको बताउनु भयो । विश्वभरिका पत्रकारहरुलाई शुभकामना दिदै कार्कीले संयुक्त राष्ट्र संघले अभिब्यक्ति स्वतन्त्रताको ग्यारेन्टि गर्नको लागि आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसको मान्यता दिएको बताउनु भयो ।


बिशेष अतिथी एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ धमलाले प्रबासका पत्रकारहरुले गैर आबासीय नेपाली अभियानलाई सहि बाटोमा हिडाउन र समुदायिक एकता कायम गर्न प्राबसी नेपाली पत्रकारहरुले सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै बिदेशका नेपालीहरु जो जुन क्षेत्रमा सक्रिय भए पनि नेपाल र नेपाली समुदायको प्रगतिको लागि काम गरी रहेकोले सबैले एकले अर्काको अभियानलाई सहयोग गर्नु पर्ने बताउनु भयो । एनआरएनए बेल्जियमले सामुहिक भाबनाको बिकास गर्न बेल्जियमका पत्रकारहरुको सकारात्मक सुझाबको अपेक्षा गरेकोले मिलेर काम गर्न अनुरोध गर्नु भयो ।


एनआरएन बेल्जियमका पूर्व अध्यक्षहरु पिजी शेर्पा र चित्र सुबेदी एबम आईसिसी सदस्य सन्तोष जोशी ( सुबाश ) ले बाध्यता र अबसरको खोजीमा बिदेशिएको नेपाली पहिलो पुस्ताले पाएको दु:ख आगामी पुस्ताले ब्यहोर्नु नपरोस भनेर नेपाली पत्रकारहरुले प्रबासमा हुर्की रहेको दोश्रो पुस्तालाई नेपालीपनको बारेमा जानकारी दिन उनीहरुको रुचिको बिषयमा कलम चलाऊन आग्रह गर्नु भयो । देश बिकास भए हामी बिदेश आउनु पर्ने अबस्था हुँदैनथ्यो तसर्थ नेपाली डायासपोरालाई आफ्नो कला संस्क्रिति, भाषा , भेसभुशा र समग्र नेपाली संस्कारको जानकारी गराउदै देशको बिकासका बाधक बिक्र्तीको उजागर गर्न पनि पत्रकारहरुलाई सुझाब दिनु भयो ।


नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जन प्रगतिशिल मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ र नेपाली जनसंपर्क समितिका महामन्त्री प्रकाशराज गिरीले बिदेशमा पत्रकारहरु निस्पक्ष हुनबाट बेलाबखत चुक्ने गरेको, आफ्नो रुचाइएको ब्यक्ति,समुहलाई बढावा दिएको हो कि भन्ने भान पर्ने गरेको भएता पनि संघ संगठनका गतिबिधीहरुलाई देश बिदेशमा बस्ने नेपालीहरु सम्म पुर्याउन र समाजलाई सामाजिक भाबनाले सक्रिय बनाउन सहयोग गरी रहेकोमा प्रबासी पत्रकारिता प्रति खुशी ब्यक्त गर्नु भयो । आधुनिक युगमा बढी रहेका गलत अभियानको बारेमा सचेत बनाउन र मानब हित हुने ब्यबस्थालाई प्रचार प्रसार गर्न भूमिका खेल्न पनि उहाहरुले सुझाब दिनु भयो ।


नेपाली जन प्रगतिशिल मन्चका निबर्तमान अध्यक्ष जीत लामाले आफुले पत्रकारिता गर्दाका कठिनाई र त्यसबाट समाजलाई परिवर्तन गर्नको लागि पत्रकारिताले धेरै कुरा सिकाएको प्रसँग सुनाउनु भयो ।


नेपाली जन प्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेलले पत्रकारहरु पुजीबादि जन्जालको कोपभाजनमा पर्ने र राज्य शक्तीले पनि उनीहरुलाई प्रयोग गर्न धाकधम्की दिने श्रिन्खला चली रहने हुँदा उनीहरुलाई सुरक्षा र हौशला समाजले दिनु पर्ने बताउनु भयो ।


नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौलाले विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपाल पत्रकार महासंघ बेल्जियमले नेपाली समुदायका अग्रज ब्यक्तिहरु सँग अन्तरकृया गरेर राम्रो सुरुवात गरेकोमा खुशी लागेको भन्दै समुदायको अग्रगमनको लागि पत्रकारहरुको बिशेष भूमिका रहने हुँदा त्यसमा लाग्न पत्रकारहरुलाई आग्रह गर्दै नेपाली ब्यबसायिहरु सहयोगको लागि तयार रहेको बाटनु भयो ।


नेपाली समाज ओस्तेन्डेका अध्यक्ष ब्रह्मादत्त वाग्ले , मोना बेल्जियमका अध्यक्ष रकेन्द्र घिमेरे, तमुधी बेल्जियमकी अध्यक्ष प्रबिना गुरुङ , नेपाली आदिबासी जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राईले समुदायलाई सचेत बनाएर प्रबासका पत्रकारहरुले सामाजिक अभियानमा सहयोग गरेकोमा खुशी ब्यक्त गर्दै अझ सक्रिय र निस्पक्ष भएर काम गर्न आग्रह गर्नु भयो ।
पत्रकार एबम लेखक दिल निशानी मगरले प्रस्तुत कार्यपत्रले धेरै कुराहरु समेटेको र त्यसबाट समाज, संचारकर्मी र नेत्रित्व बर्गलाई दिएको सन्देशको कार्यन्वयन गर्न अग्रसर हुनु पर्ने बताउनु भयो ।


नेपाल पत्रकार महासंघ युरोपका निबर्तमान अध्यक्ष केजिन राईले प्रबासको पत्रकारिता सहज नहुँदा हुँदै पनि यहाँका पत्रकारहरुले नेपाली समाजको उथ्थानको लागि सक्रिय भएर गरेको कामको सकारात्मक् असर देखिएकोले खुशी लागेको बताउनु भयो । युरोपमा छरिएर रहेका पत्रकारहरु सामाजिक सद्भाब र एकताको लागि संस्थागत रुपमा काम गरिरहेकोले सबैको सहयोगको अपेक्षा गर्नु भयो ।


कार्यक्रमका बक्ता एबम टिप्पणीकर्ताहरुले प्रबासका पत्रकारहरु र प्रबासी नेपालीहरुले आफ्नो समुदाय र मातृभूमीको लागि अझ धेरै अभियानहरु चलाऊन सकिने अवस्था भएकोले सकारात्मक् सोच राखेर निस्पक्ष भएर सुचना र जानकारी आदन प्रदान गर्न सके नयाँ पुस्ताका नेपालीहरुले पनि नेपाल र नेपालीको लागि धेरै सकारात्मक र परीणाममुखी कामहरु गर्न सक्ने भनाइ राख्नु भएको थियो ।

कार्यपत्रमा उल्लेख भएका बिषयहरुमा अतिथिहरुबाट आएका सुझाबहरुलाई पनि समेटेर सन्छिप्तमा तयार पारीएका चार बुदाहरु प्रस्तुत गर्न पत्रकार सनत आचार्यले आगामी दिनमा बेल्जियमको नेपाली समुदाय र नेपाली पत्रकारहरुलाई मार्गनिर्देश गर्न सक्ने गरी छलफल भएको बताउनु भयो ।


कार्यक्रममा उपस्थित अतिथिहरुलाई नेपाल पत्रकार महासंघ बेल्जियमकी कोषाध्यक्ष निलम घिमेरेले स्वागत गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ बेल्जियम शाखा अध्यक्ष ओम शर्माको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन शाखा सचिब पेम्बा गेलु शेर्पाले गर्नु भएको थियो,

Leave A Reply

Your email address will not be published.