नेपाली जनसंपर्क समिती बेल्जियमको शुभकामना आदानप्रदान एबम बार्बक्यु कार्यक्रम सम्पन्न,

0

नेपाली कांग्रेसको प्रवास स्थित शुभेच्छुक संस्था जनसम्पर्क समिति बेल्जियमले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदान- प्रदान सहित बार्बक्यु कार्यक्रम सम्पन गरेकोछ, संस्थाको पाँचौं अधिवेशनबाट निर्वाचित समितिले आपसी भाइचारा, मेलमिलाप , सहकार्य र नेपाली समुदाय बिच एकताको अभिब्रिद्धी गर्ने र नयाँ बर्षलाई नयाँ पुस्ताले पनि संझिरहुन भन्ने उद्देश्यले बेल्जियमको ब्रुगेमा उक्त कार्यक्रम आयोजना गरिएको जनाएकोछ ।

कार्यक्रमका संयोजक एवं जसस वेल्जियमका निवर्तमान बरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा पौडेलको सभापतित्वमा आयोजित औपचारिक कार्यक्रममा समितिका सभापति पूर्ण तिमिल्सिनाले अतिथिहरुलाई स्वागत गर्दै आफ्नो संगठन जनसंपर्क समिती वेल्जियम सदैव सबै सँग हातेमालो गर्दै अगाडी बढ्न तैयार रहेको बताउनु भयो ।


कार्यक्रममा एनआरएनएका केन्द्रीय सचिब गंगाधर गौतम, पूर्ब आइसिसी सदस्य द्वय सुभाष जोशी र कमल पन्थी, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला , एनआरएनए यूरोप यूवा उप-संयोजक दिपक न्यौपाने, कांग्रेस महासमिति सदस्य शुभाष गुरूंग, महाधिवेशन प्रतिनिधि अर्जुन काफ्ले, जन प्रगतिशील मोर्चा का अध्यक्ष मेख गुरूंग, तमुधी वेल्जियम का अध्यक्ष प्रविणा गुरूंग, म्याग्दी समाज मोनाका अध्यक्ष रकेन्द्र् घिमिरे, नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कंडेल, एभरेष्ट नेपाली समाज ब्रुगेका अध्यक्ष नन्दु पौडेल, चितवन सहायता कोष ( क्याट ) वेल्जियमाका पूर्ब अध्यक्ष दिनेश भण्डारी, नेपाली समुदाय वेष्टएण्डेका महासचिव धर्म पाठक,कपिलबस्तु अभियानका अध्यक्ष राजेन्द्र वारी लगायत विभिन्न संघ- संस्थाका प्रतिनिधि पदाधिकारीहरु लगायत उक्त संगठनका पदाधिकारी पूर्ब पदाधिकारी एबम शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बेल्जियममा रहेका नेपाली दोहोरी गायिका द्वय शुष्मा लोहनी र कल्पना काफ्लेले नेपाली लोक दोहोरीले आगन्तुकहरुलाई मनोरन्जन गराउनु भएको थियो । कलाकारहरुलाई संगठनका सभापति तिमील्सिनाले कार्यक्रममा सन्कलित रकम हस्तान्तरण गर्दै धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.