ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु,

0

तिलक बाबू बैशाख ३ कोहलपुर ,
बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना गम्भीर घाईते भएका छन् । कोहलपुर नगरपालिका – २ मा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् भने ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले बताउनुभयो,

Leave A Reply

Your email address will not be published.