नेपाल र चीनबीच रेल विस्तार लगायत ९ सम्झौता पत्रमा हस्ताक्षर

0

काठमाडौं : नेपाल र चीनबीच केरुङ–काठमाडौ रेल विस्तार लगायत ९ सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सिंहदरबास्थित प्रधानमन्त्रीको कार्यालयमा परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

यस्तै खोप हस्तान्तरण, अरनिको राजमार्गको मर्मत सम्भार र एवं स्तरोन्नति तथा घाँस निर्यात लगायत समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

तीन दिने औपचारिक भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय टोली शुक्रबार नेपाल आएको हो ।

Leave A Reply

Your email address will not be published.