प्रधानमन्त्री देउवाद्वारा खिम्ती सबस्टेसन उद्घाटन

0

काठमाडौं : रामेछापको मन्थली नगरपालिका १३, साँखे फुलासीमा निर्मित नयाँ खिम्ती २२० र १३२ केभी सबस्टेसनको प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरेका छन् । 

सबस्टेसन स्वदेशी पुँजीमा निर्माण भएको मुलुककै ठूलो ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको एउटा मुख्य भाग हो । 

माथिल्लो तामाकोसी आयोजनाले यसअघि ढल्केबरमा नेपालकै ठूलो ढल्केबर सबस्टेसन बनाई सञ्चालन गरिसकेको छ । 

रामेछापको नयाँ खिम्ती सबस्टेसन देशको दोस्रो ठूलो सबस्टेसन भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

तामाकोसी र त्यसका सहायक नदी तथा खोलाबाट उत्पादन हुने विद्युत जडान हुने उक्त सबस्टेसनबाट करिब १ हजार २ सय मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिने प्राधिकरणको भनाइ छ । 

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत ४७ किलो मिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनबाट नयाँ खिम्ती सबस्टेसन जडान भइसकेको छ । 

माथिल्लो तामाकोसीका अतिरिक्त ६० मेगावाट क्षमताको खिम्ती पहिलो, ५२ दशमलव ४ मेगावाट क्षमताको लिखु चौथो र २४ दशमलव २ मेगावाट क्षमताको लिखु खोला ‘ए’ बाट उत्पादित विद्युत सबस्टेसनमा जोडिएको छ ।

Leave A Reply

Your email address will not be published.