साउदी परराष्ट्रमन्त्री नेपाल आउने, छलफलका लागि प्रतिनिधिमण्डल गठन गर्ने सरकारको निर्णय

0

काठमाडौं : साउदी अरबका परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने भएका छन् । उनले आगामी फागुन १ देखि चैत १ गतेसम्म गर्ने भ्रमण गर्न लागेका हुन् । 

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भ्रमणका क्रममा दुईपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको छ । 

नेपाल र साउदी अरब सरकारबीच हुने दुई पक्षीय हस्ताक्षरको पत्रको मस्यौदा बनाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने पनि निर्णय भएको छ । 

त्यस्तै सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि गरिएको प्रतिवद्धता कार्यान्वयनको चरणमा रहेको जनाएको छ । 

फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानज जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनिकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरि आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारले जनाएको छ । 

त्यस्तै सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ । प्रवक्ता कार्कीले नेपाल आयल निगमले पटक पटक मूल्य बृद्धि गर्नुमा अन्तर्राष्ट्रिय मूल्यवृद्धिमा समायोजन भएको दाबी गरे । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलको युएई भ्रमण समेत बैठकले स्वीकृत गरेको छ । 

संयुक्त राष्ट्र संघको बैठकमा अन्तर सरकारी चौथो सत्रमा सहभागी हुने कानुन मन्त्रालयका उदयराज सापकोटाको भ्रमण स्वीकृती दिने, विउ विजनको जात सूचीकृत गरि राजपत्रमा प्रकाशित गर्न स्वीकृती दिने र मल खरिदका लागि जी टु जी अनुसार भारतसँग छलफल गर्न कृषि सहसचिवको नेतृत्वमा टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

त्यस्तै मल खरिदका लागि कृषि सामाग्री केन्द्र लिमिटेडलाई मल खरिदको केन्द्र तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । 

त्यस्तै पत्रकार दुर्घटना व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने र सार्वजनिक खरिद नियमावली ११ औं संशोधन स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । 

Leave A Reply

Your email address will not be published.