एन आर एन वेल्जियमका नवनिर्वाचित अध्यक्षको प्रेस विज्ञप्ति

0

चारदिशा,  बेल्जियम

गैर आबासिय नेपाली संघ बेल्जियमका नब निर्बाचित अध्यक्ष गंगाधर गौतमले आज एक बिज्ञप्ती जारी गर्दै आफुलाई निर्बाचित गर्न सहयोग गर्ने सबै मतदाता ,सहयोगि संगठन र तिनका पढाधिकारी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैलाई मिलाएर , सबको रचनात्मक तथा वस्तुगत सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन । निर्वाचनमा निकटतम प्रतिद्वन्दी रहेकी सरु चापागाईलाई कार्यसमितीमा मनोनित गर्ने प्रस्ताब गर्दै एकता र सहमतिको सुरुवात गर्ने आभास पनि दिएका छन ।

गैर आवासीय नेपाली संघका वेल्जियमका नवनिर्वाचित अध्यक्ष गंगाधर गौतमद्धारा जारी प्रेस विज्ञप्ति !

१)गैर आवासीय नेपाली संघ बेल्जियमको पाँचौ अधिवेसन अन्तर्गत गत ३० अगस्तमा भएको निर्वाचनमा आफ्ननो अमुल्य मत दिएर निर्वाचित गराउनु भएकोमा गैर आवासीय नेपाली संघ बेल्जियका सवै पंजिकृत सदस्यहरुलाई हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु। म लगायत सम्पुर्ण टिमलाई समर्थन गरिदिने नेपाली जनसंपर्क समिति, जनप्रगतिशिल मंच, संघिय समाजवादी पार्टि बेल्जियम ,बाग्लुङ समाज वेल्जियम लगायत बेल्जियमका विभिन्न नेपाली संघसंस्थाहरु र समग्र नेपाली समुदाय प्रति कृतज्ञता व्यक्त गर्न चाहान्छु।

२) निर्वाचनलाई सभ्य, भव्य, निश्पक्ष र स्थापित मान्यताका आधारमा संपन्न गराउने निर्वाचन समिति,केन्दिय एवं रास्टिय निर्वाचन अनुगमन समिती, निर्वाचन प्रकृयामा सघाउ पुर्याउने व्यक्तित्वहरू, पत्रकार मित्रहरु र एनआरएन अभियानका अग्रजहरुलाई अन्तरह्दयबाट नै धन्यबाद दिन चाहान्छु।

३) निर्वाचनलाई जितहार भन्दा पनि केवल निर्णय प्रकृयाका रुपमा बुझिदिन म समग्र बेल्जियममा रहेको नेपाली समुदायलाईअनुरोध गर्दछु। एनआरएनएको संस्थागत विकास र हितका लागि मेरो प्रतिस्पर्धी मित्रहरुको सहयोग अपरिहार्य रहने छ । तसर्थ, मेरा प्रतिपर्धी मित्रहरुलाई हातमा हात मिलाएर संगै अगाडि बढ्नको लागि आव्ह्रान गर्दछु। मेरा निकटतम प्रत्यासी सरस्वती चापागाईंलाई संस्थाको विधानमा अध्यक्षलाई प्रदत्त अधिकार बमोजिम समितीको सदस्य पदमा मनोनित गर्ने प्रस्ताव गर्दछु । सामाजिक सेवाको भावले उत्प्रेरित भै निर्वाचन प्रकृयामा सहभागी अन्य सवै मित्रहरुलाई संस्थाको हितका लागि उहाँहरुको भावाना, मर्म तथा विचारहरुलाई उपयुक्त संवोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।

४) हामीले आफ्नो २ वर्षे कार्ययोजनाको रुपरेखा यसपुर्व नै सार्वजानिक गरेका छौं । हाम्रा लक्ष्य तथा उद्धेश्यहरु पुरा गर्नको लागि सवैको रचनात्मक तथा वस्तुगत सहयोगको लागी हार्दिक आव्हान गर्दछु।

५) अन्तमा, मलाई र सम्पुर्ण समुहलाई निर्वाचित बनाउन अन्तरस्करणबाट सहयोग गर्ने मेरा सवै मित्रहरु, परिवार, शुभचिन्तकहरुको सहयोग अमुल्य भएको महसुस गरेको छु। यहाँहरुको विना सर्त सहयोगलाई सदैव उच्च मुल्याँकन गर्दै सामुहिक हितमा यहाँहरुको विश्वासलाई परिचालन गर्ने विश्वास दिलाउन चाहान्छु।

साथै नवनिर्वाचित सवै मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहान्छु । जनादेशको उच्च सम्मान गर्दै प्रस्तुत प्रतिवद्धताहरु पुरा गर्नका लागि गम्भिर भएर कार्यसम्पादनमा अग्रसर हुन समेत अनुरोध गर्दछु।

गंगाधर गौतम

नवनिर्वाचित अध्यक्ष

एनआरएन बेल्जियम मिति – १ सेप्टेम्बर २०१५

 

Leave A Reply

Your email address will not be published.