निर्वाचन आयोगद्वारा स्थानीय निर्वाचनका लागि आठ अर्ब ९५ करोड बजेट माग

0

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । 

आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेपछि आयोगले अर्थ मन्त्रालयमा त्यो भन्दा कम बजेट प्रस्ताव पठाएको हो । 

अर्थ मन्त्रालयसँग निरन्तर छलफल तथा परामर्श गरेर नै बजेट तयार गरिएकाले निकासा प्रक्रिया छिट्टै सुरु हुने विश्वास आयोगको छ । 

निर्वाचनमा लाग्ने खर्चको करिब ९० प्रतिशत बजेट जिल्ला, प्रदेश र निर्वाचन अधिकृतको कार्यालयमा खर्चिने गरी बजेट तयार गरिएको आयोगले जनाएको छ । 

बजेटको अधिकांश भाग मतपत्र छपाइ तथा निर्वाचन सामग्री खरिदमा खर्च हुनेछ । आयोगको केन्द्रीय कार्यालयमा भने कुल बजेटको करिब १० प्रतिशत मात्रै खर्च हुने अनुमान गरिएको छ । 

आयोगका कर्मचारी तथा अन्य प्रशासनिक कार्यमा थोरै मात्रै खर्च हुने आयोगको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.