काठमाडौँ, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको अभियोगमा पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नं ७ सेमरी नवलपरासीमा कार्यरत इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्र सिँचाइ कार्यसम्पन्न मूल्याङ्कन प्रतिवेदन र बिल भरपाईको फरफारका लागि आलटाल गरी सेवाग्राहीसँग रु ५६ हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । ढकाल र मिश्रलाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।