प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी पार्टीका ९५ जना सांसदले उक्त प्रस्ताव संसदमा दर्ता गराएको बताइएको छ ।

उक्त प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र कांग्रेस महामन्त्री गगन थापा पनि संसद सचिवालय गएका थिए ।

यसअघि लामो समय आन्दोलन गर्दै आएको नेपाल बार एसोसियसनले जबराविरुद्ध महाअभियोग दर्ता गराउनुपर्ने विषयलाई मूल मुद्दा बनाएको थियो ।

केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन थालेको हो । लगत्तै उनलाई राजीनामा दिन चौतर्फी दबाब परेको देखिएको थियो ।

तर उनले बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.