यस्ता छन् ६ महिनामा गृहमन्त्री खाँणका ७१ काम

0

काठमाडौं : बालकृष्ण खाँणले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिना पुगेको छ । ६ महिना अवधिमा खाण मातहतको गृह मन्त्रालयको गरेका मुख्य–मुख्य कामका विवरणहरु सार्वजनिक गरिएको छ । गृह मन्त्रालयले बिहीबार ७१ बुँदामार्फत ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

प्रगति विवरणमा संस्थागत नीति तथा कार्यविधिमा गरेका सुधार समेटिएको छ । जसमा प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणलाई मेटिएको छ । 

गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश जारी भएको जनाएको छ ।

यस्तै गृह मन्त्रालयले निर्वाचन सुरक्षा योजनाको मस्यौदा पनि तयार गरेको छ । राजमार्ग सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धानको कार्ययोजना पनि कार्यान्वयनमा आएको मन्त्रालयले जनाएको छ । 

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, फौजदारी कसुर कैद कट्टा दोश्रो संसोधन नियमावलीको मस्यौदा र नेपाल प्रहरी नियमावली संशोधन भई कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.