सिटामोलको उपलब्धता सहज बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले सिटामोल लगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता टीकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोल लगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ ।

हालको अवस्थामा स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोललगायतका औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउन आदेशमा भनिएको छ ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारको लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण ओषी सिटामोलरप्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरु बिच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य उपचारको लागि आवश्यक पर्ने सिटामोल र प्यारासिटामोल लगायतका औषधीहरुको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरुको नाउँमा यो आदेश जारी गरिदिएको छ ।’

हाल ज्वरो आएका बिरामीले प्रयोग गर्ने औषधि सिटामोल बजारमा नपाउँदा कयौं सर्वसाधारण मारमा परेका छन् ।

Leave A Reply

Your email address will not be published.