एनआरएनएको सहयोगमा ग्रिसमा दुर्घटनामा मृत्‍यु भएका दुईजना नेपालीको शब नेपाल पठाउने तयारी

0

ग्रिसमा दुर्घटनामा परेर ज्यान गुमाएका दुई नेपालीको शव लामो समय पछी गैर आबासीय नेपाली संघको सहयोगमा नेपाल पठाईने भएको छ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार त्यसका लागि ७ हजार २ सय युरो संकलन भएको र सो रकम ग्रिस पठाईएको छ । टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु भएको थियो। त्यस मध्य दुई जनाको शब नेपाली दुताबासको सहयोग र दुई जनाको एनआरएनएको सहयोगमा नेपाल पठाउन लागिएको हो ।

एनआरएनहरुबाट जम्मा भएको रकम एजेन्सीलाई बुझाईसकेका छौ, सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रिसमा अहिले अत्याधिक हिउँ परिरहेको छ। कुनै कारणबस उडान प्रभावित नभएमा शनिवार ग्रिसबाट नेपाल पठाउने योजना छ।’

दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका-३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उम बहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएलाई गुहारेका थिए।

टर्कीसम्म श्रम स्विकृत लिएर आएको भन्दै अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको थियो।भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जनाएको छ।

बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन कार्यको संयोजन गर्न सहकोषाध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो। बेल्जियम निवासी व्यवसायी समेत रहेका दाहालले ५ सय युरो सहयोग घोषणा गर्दै रकम संकलनका लागि अनुरोध गरेका गरेका थिए।

दाहालका अनुसार गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् बाट २ हजार डलर, एनआरएन बैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर,संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आईसकेको छ।

युरोपमा रहेका विभिन्न एनसीसीहरुमा र एनआरएनहरुबाट सन्कलन भएको जम्मा ७२००० युरो शब नेपाल पठाउन सन्योजन गरीरहेका

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेललाई पथाएको दाहालले जनाएका छन । विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको थियो।

Leave A Reply

Your email address will not be published.