माओवादी केन्द्र बैठक : तीनै तहका निर्वाचन एकैसाथ गर्न नेतृत्वलाई सुझाव

0

काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समितिका सदस्यहरूले तीनै तहका निर्वाचन एकैसाथ गर्नु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका छन् ।

शनिबार विहान पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल दाहाललाई तीनै तहको एकैपटक गर्नुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा अध्यक्ष दाहालले सत्ता गठबन्धनद्वारा गठित उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमा भएको छलफलका विषयमा जानकारी गराएपछि नेताहरुले आयोग र विज्ञको रायअनुसार कानुनविद्हरुसँग छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने सुझाव दिएका हुन् ।

एमसीसीको बारेमा चर्को बहस भइरहेकोले पार्टीले बनाएको कार्यदलले दिने सुझावका आधारमा अघि बढने बढनुपर्ने निस्कर्ष बैठकले निकालेको छ । यथास्थितीमा एमसीसी अघि बढाउन नहुने माओवादीको निस्कर्ष छ ।

बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरूको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । बैठकले बाँकी रहेका संगठनात्मक कामहरू टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष दाहाललाई दिएको छ ।

Leave A Reply

Your email address will not be published.