नेपालले १४ टन मानवीय सहायता सामग्री अफगानिस्तान पठायो

0

काठमाडौं : नेपालले अफगानिस्तानमा लत्ताकपडा, औषधि, भाँडाकुँडालगायत मानवीय सहायता सामग्री आइतबार अफगानिस्तान पठाएको छ ।

परराष्ट्र मन्त्रालयको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झन्डै १४ टन मानवीय सहायता सामग्रीसहित एक टोली आइतबार विहान त्यसतर्फ प्रस्थान गरेको हो ।

विमानस्थलमा रहेको संयुक्त राष्ट्र संघको कार्यालयका प्रतिनिधिमार्फत सामग्री अफगान सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

खाद्यान्न, लत्ताकपडा, औषधि, आवश्यक घरायसी सामान, भाँडाकुँडा नेपाली जनताका तर्फबाट अफगान जनतालाई पठाईएको हो । सार्कको सदस्य राष्ट्रको नाताले अप्ठ्यारोमा सहयोग गर्नुपर्ने नैतिक जिम्मेवारी ठानेर अफगानिस्तानमा मानवीय सहयोग सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सहयोग अभियानमा सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्री निःशुल्क रुपमा प्राप्त गरी पठाउन लागिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.