निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

0

काठमाडौं : निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गर्न बैठक आयोगले बैठक बोलाएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तहको निर्वाचनका साथै राष्ट्रियसभा निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे पनि छलफल हुने बताइएको छ ।

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ राजनीतिक दललाई बलाइएको छ । 

आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयाेगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ । 

आयोगका पदाधिकारीले गएको ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र वैशाख २२ गते पालिकाको चुनाव गर्न प्रस्ताव गरेका भए पनि सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

Leave A Reply

Your email address will not be published.