अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्यो

0

काठमाडौं : कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा कोभिड बिरामीको चाप बढेको छ ।

पछिल्ला दिनमा कोभिड अस्पतालमा बिरामीको संख्या दोब्बर बढेको हो । नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै अस्पतालमा बिरामीको चाप बढेको हो ।

कोभिड केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका कोभिड अस्पतालमा संक्रमितको संख्या दोब्बरले वृद्धि भएको बताइएको छ ।

चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालका साथै उपत्यकाका १३ र प्रदेशका सात अस्पतालमा बिरामीको संख्या बढेको हो ।

सबै अस्पतालमा एक हप्ता अगाडिभन्दा दोब्बरको संख्यामा बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म २७ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ ।

आइतबार मात्र देशभर २४ घण्टा पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक हजार बढी संक्रमित थपिएका छन् ।

संक्रमणबाट जोगिन जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.