प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेताहरुलाई कोरोना संक्रमण

0

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूलाई कोरोना संक्रमण भएको छ । 

नेता नारायाणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्यायलगायतलाई कारोना संक्रमण भएको हो । 

दाहाललाई स्वास्थ्यमा केही समस्या भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ आएको उनको निजी सचिवालयले जनाएको हो । 

दाहाल अहिले आफ्नै निवासमा आराम गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । 

नेता श्रेष्ठले आफूलाई कोरोना संक्रमण भएको भन्दै आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

यस्तै अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्ल, युवा नेताहरू रामप्रसाद सापकोटा, सुमन देवकोटा, सुवोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डेलगायतलाई पनि संक्रमण भएको माओवादी केन्द्रले जनाएको छ । 

केही दिनअघि माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाका केही कर्मचारी र क्यान्टिन सञ्चालकलाई कोरोना पुष्टि भएको थियो ।

Leave A Reply

Your email address will not be published.