एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका १९ उम्मेद्वार

0

काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि एमालेले १९ जना उम्मेद्वारको टुंगो लगाएका हो । 

जसमा प्रदेश १ बाट खुलातर्फ देवराज घिमिरे र महिलातर्फ सुमित्रा भण्डारीलाई उम्मेद्वार बनाइएको छ । त्यस्तै अल्पसंख्यकबाट सोनाम गेल्जन शेर्पालाई एमालेले प्रदेश १ को तर्फबाट उम्मेद्वार बनाएको छ । 

त्यस्तै, प्रदेश २ मा खुलातर्फ असर्फी भीनवार यादव र महिलातर्फ बिना साहलाई उम्मेद्वार बनाएको छ । 

बागमती प्रदेशबाट खुलामा गोपाल शाक्य र महिलामा निरकुमारी कुँवरलाई उम्मेद्वार बनाइएको छ । 

गण्डकी प्रदेशबाट दलितमा गोविन्दबहादुर नेपाली, महिलातर्फ लीला पोखरेल थनेत र खुलातर्फ पुण्यप्रसाद पौडेल उम्मेद्वार तय भएका छन् । 

गण्डकी प्रदेशबाट दलिततर्फबाट कृष्णबहादुर नेपाली, महिला तर्फबाट भारती खनाल र खुलातर्फबाट रामदयाल गुप्ता उम्मेद्वार बन्ने एमालेले जनाएको छ । 

कर्णाली प्रदेशबाट अल्पसंख्यकमा पदमबहादुर माझी, महिलामा गंगा थापा महत र खुलामा चूडामणी शर्मा उम्मेद्वार बनाइएको छ । 

सुदूरपश्चिमबाट दलिततर्फ नरेश विक, महिलातर्फ सन्तोषकुमारी शर्मा थापा र खुलातर्फ डिल्लीराज भट्टलाई उम्मेद्वार बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.