भूकम्प प्रतिरोधी मापदण्ड पूर्णरुपमा पालना गरौं : गृहमन्त्री खाँण

0

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड पालना गर्नुपर्ने बताएका छन् । 

बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री खाँणले शहरी क्षेत्रमा भवनहरु बनाउँदा सरकारले तोकेको मापदण्ड पालना भइरहेको बताउँदै ग्रामिण भेगमा पनि मापदण्ड पालना गर्नुपर्ने बताएका हुन् । 

ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तिव्र गतिमा भवन निर्माण हुन थालेको र भूकम्पीय सुरक्षा चुनौती थपिएको उनको भनाइ छ ।

खाँणले भूकम्प सम्बन्धी सचेतना कार्यक्रम र प्रचार प्रचारलाई प्राथमिकता दिनुपर्ने समेत बताए ।

Leave A Reply

Your email address will not be published.