प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, विरोधका बीच दुई अध्यादेश स्वीकृत

0

काठमाडौं : प्रमुख प्रतिपक्षि नेकपा एमालेको विरोधकाबीच प्रतिनिधिसभा बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । 

बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो । 

बैठक शुरु हुने बितिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर्न भन्दै नारावाजी गरेका थिए ।

एमालेको अबरोधका बाबजुद सभामुख अग्निप्रसाद सापकोटाले जनताका बिषयहरुलाई सदनमा राख्न अनुरोध गरेपनि सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाइएको थियो ।

त्यसलगतै दुवै अध्यादेशलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले स्वीकृत गरियोस् भनी छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका थिए । अर्को बैठक यही पुस ७ गते बस्नेछ ।

Leave A Reply

Your email address will not be published.