प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल

0

काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा नवनिर्वाचित कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । 

देउवा भेट्न शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दाहाल पुगेका हुन् । 

उनले सभापतिमा निर्वाचित भएको देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।  साथै वर्तमान राजनीतिक परिस्थितिसहित गठबन्धनको आगामी रणनीतिबारे पनि उनीहरूबीच छलफल भएको छ । 

संसदमा देखिएको राजनीतिक गतिरोध अन्त्यका विषयमा पनि प्रधानमन्त्री देउवा र दाहालबीच छलफल भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.