रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

0

काठमाडौं : नेपाली कांग्रेसको महामन्त्रीमा पछाडि परेपछि रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल मार्फत रिजालले राजीनामा दिने घोषणा गरेका हुन् । रिजालले भनेका छन्, “नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु ।”

महामन्त्रीको परिणाम प्राप्त भइसकेपछि राजीनामा दिने उनले बताएका छन् । रिजालले भनेका छन्, “अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।”

Leave A Reply

Your email address will not be published.