टीकापुर घटनाका दोषी उम्कन पाउदैनन्: प्रधानमन्त्री

0

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले कैलालीको टीकापुर घटना निन्दनीय भएको भन्दै दोषीलाई उम्कन नदिने बताएका छन । कैलालीको टीकापुर घटनामा गोली लागेर मृत्यु भएका १८ महिने बालक टेकबहादुर साउदका परिवारसँग प्रधानमन्त्री निवास वालुवाटारमा भेट गर्दै प्रधानमन्त्री कोइरालाले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने बताए ।
बालकका हजुरबुवा जंगबहादुर साउदको नेतृत्वमा गएको परिवारका सदस्यले मृतक बालकलाई शहीद घोषणा गर्नुपर्ने, परिवार र जनधनको सुरक्षाको माग माग गरेका छन् । उनीहरुले आइतबार नै कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, अर्थमन्त्री डाक्टर रामशरण महतलगायतका नेताहरुसँग भेट गरी शान्तिसुरक्षाको व्यवस्था मिलाईदिन आग्रह गरेका छन् ।
घटनापछि अचेत बनेका मृतक बालकका बुवा प्रहरी हवल्दार नेत्रबहादुर साउद अझै उपचारकै क्रममा धनगढीमै छन् । उनीहरुले घटनापछि आफूहरु घरमा बस्न सक्ने अवस्था नभएको भन्दै अहिले घर छाडेका छन् । टीकापुर घटनामा एसएसपीसहित सात प्रहरी र एक बालकको घटनास्थलमा मृत्यु भएको थियो भने एक प्रहरीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.