दोस्रो चरणको चुनावमा प्रकाशमान र विमलेन्द्रको समर्थन देउवालाई

0

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । 

पहिलो चरणको चुनावको नतिजापछि प्रतिक्रिया दिँदै सिंहले देउवालाई सहयोग गर्ने बताएका हुन् । 

यसपटक नेतृत्व परिवर्तन गर्ने भनेर आफूले उम्मेदवारी दिए पनि पहिलो चरणमा कसैले जित्न नसकेको र देशभरका प्रतिनिधिको भावना एकपटक फेरि देउवालाई नै सभापति बनाउने भएकाले देउवालाई समर्थन गर्ने निर्णय गरेको बताए ।

प्रकाशमान सिंहलाई फकाउन सहयोगीहरुका साथ प्रधानमन्त्री शेरबहादुर देउवा आफै सिंह निवास चाक्सीबारी पुगेका थिए । 

यसैबीच विमलेन्द्र निधिले पनि देउवालाई नै समर्थन गर्ने भएका छन् ।

Leave A Reply

Your email address will not be published.