लिङ्देनलाई कमल थापाको पत्र- पूर्वराजाको हस्तक्षेपबारे छानविन गर्नुस्

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेपबारे छानविन गर्न माग गरेका छन् ।

सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ४ बुँदै पत्र लेखेर थापाले पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे निष्पक्ष छानविन समिति बनाउन आग्रह गरेका हुन् ।

उनले पत्रमा महाधिवेशनमा हस्तक्षेपको भर्त्सना गर्न पनि आग्रह गरेका छन् । नेता थापाले भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नपनि पत्रमार्फत आग्रह गरेका छन् ।

राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीत्रि बहस शुरु गर्न पत्रमा उल्लेख गरेका छन् । थापाले अध्यक्ष निर्वाचित भएकामा लिङ्देनलाई बधाई पनि दिएका छन् ।

Leave A Reply

Your email address will not be published.