यस्ता छन् कांग्रेस सभापतिका उम्मेद्वार शेखर कोइरालाका संकल्प

0

काठमाडौं : नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दिएका डा. शेखर कोइरालाले ३९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका छन् । 

कोइरालाले ‘नयाँ युगको नयाँ कांग्रेस’ को नारा सार्वजनिक गर्दै आइतबार ३९ बुँदे संकल्प पत्र सार्वजनिक गरेका हुन् । 

अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा एक कार्यकालको’ लागि मात्र उठेको उनले बताएका छन् ।  

उनले सार्वजनिक गरेका संकल्प पत्रका बुँदाहरुमा संविधान सभामार्फत् जारी संविधानको सफल कार्यान्वयन र समयानुकूल सुधार र परिमार्जन गर्ने, कांग्रेसलाई निष्ठावान पार्टी बनाउने, पार्टीभित्रको सांगठनिक ढाँचालाई वैचारिक यात्रासँग जोड्ने कार्यलाई तीब्रता दिने, नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवादको स्पष्ट खाका तयार गर्ने उल्लेख छ ।  

वैचारिक रुपमा अन्तर्राष्ट्रिय लोकतान्त्रिक समाजवादी राष्ट्रहरुसँग नयाँ ढंगबाट सम्बन्ध विस्तार गर्ने, लोकतान्त्रिक मूल्य अर्थात् कानूनी शासन जनताप्रति उत्तरदायी सरकार र पारदर्शी शासन पद्दतिलाई नेपाली कांग्रेसको मूलमन्त्र बनाउने, सरकार र पार्टी संचालनको विधि र प्रक्रियामा लोकतन्त्रका पक्षलाई मूलमन्त्र बनाउने पनि कोइरालाले बताएका छन् । 

त्यस्तै संकल्प पत्रमा देशको सार्वभौमसत्ता, अखण्डता र स्वाभिमानमा आँच आउने कुनै पनि देशी र विदेशी दबाब, प्रभाव र प्रलोभनलाई निरुत्साहित गर्ने र त्यस्ता कार्य गर्ने नदिन नागरिक सेचतनाको कार्यक्रमका लागि पार्टीले बहस सञ्चालन गर्ने कोइरालाको भनाइ छ । 

पार्टीलाई निरन्तर रुपमा क्रियाशील बनाउने, पार्टीका विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेलाई पब्लिक फोरममा सम्बोधन गर्नेलगायतका संकल्पपनि कोइरालाले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.