नीतिको पछाडि नभइ आफ्नो नीतिमा हिँड्न कांग्रेसलाई ओलीको सुझाव

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समराहोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरुका नीतिको पछाडि नभइ आफ्नो नीतिमा हिँड्न कांग्रेसलाई सुझाव दिए ।

उनले वर्तमान नेपाल पहिलेकै स्थानमा नरहेको बताउँदै राष्ट्रियता, लोकतन्त्राको संरक्षण, विकास, सुशासन, स्थितरता, सामाजिक न्यायलगायत क्षेत्रमा परिवर्तन आएको बताए। तर अहिले पनि नेपालका नागरिकले नागरिक स्वाभिमान विर्सने सिद्धान्त हावी भएको ओलीको धारणा छ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनप्रति आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले भर्खरको हिँड्न नजान्ने बाच्छो भनी कटाक्ष गरे ।

Leave A Reply

Your email address will not be published.