पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी

0

काठमाडौं : विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीबीच पार्टी एकता भएको छ । तीन पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।

शनिबार जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ भने एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ। 

यस्तै, एकीकृत पार्टीका अध्यक्ष रवीन्द्र मिश्र हुनेछन् । पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहने जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टी गाभिएसँगै विवेकशील साझा पार्टीमा केन्द्रीय सदस्यको संख्या थप भएको छ । सिटिजन्स डिसकसन फोरमबाट ३१ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १४ जना गरी कुल ४५ जना विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीमा रहने पार्टी एकता घोषणापत्रमा उल्लेख छ ।

यस्तै, केन्द्रीय कार्य सम्पादन समितिमा दुवै पार्टीका ११ जना सदस्य थप गरिएको छ ।

एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.