देश र जनताको हितका लागि दलहरुबीच सहकार्य आवश्यक : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितका लागि राजनीतिक दलहरुबीच निरन्तर संवादको आवश्यकता रहेको बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दलहरुबीच देखिने मनमुटावलाई निरन्तर संवाद र वार्तामार्फत अन्त्य गर्नुपर्नेमा जाेड दिएका हुन् ।

प्रधानमन्त्री देउवाले नेकपा एमालेसँग वैचारिक दृष्टिकोणमा मतभिन्नता भए पनि लोकतन्त्रको संघर्षमा सँगसँगै रहेको बताए । उनले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याएकाे भन्दै त्यसको रक्षाका लागि दलहरुबीचको सहकार्य आवश्यक भएको बताए ।

उनले लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप चल्न कांग्रेस पार्टी तयार रहेको भन्दै सरकार पनि त्यही अनुरुप अघि बढ्ने बताए ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि खोपलाई प्राथमिकता दिएको भन्दै उनले सबै दलहरूलाई मिलाएर लैजाने आफ्नो पार्टी र सरकारको रणनीति रहेको बताए ।

Leave A Reply

Your email address will not be published.