कान्छी ल्याउनेलाई दुई वर्ष कैद

0

दमौली, १२ भदौ । तनहुँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा तनहुँको भिमाद–१ का रविन्द्र श्रेष्ठलाई दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवाना तथा कान्छी श्रीमती शोभालाई एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले शुक्रबार उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो । घरमा जेठी श्रीमती २२ वर्षीया ललिता हुँदाहुँदै कान्छी श्रीमतीको रुपमा शोभालाई भित्र्याएपछि ललिताले उनीहरु विरुद्ध दर्ता गरेको बहुविवाहसम्बन्धी मुद्दामा सो फैसला भएको हो ।

Leave A Reply

Your email address will not be published.