प्रधानन्यायाधीशविरुद्ध नेपाल बारद्वारा देशभरका उच्च अदालतमा विरोधसभा

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले बुभबार देशभरका उच्च अदालतमा विरोधसभा गरेको छ । 

चौथाै चरणको आन्दोलन अन्तर्गत सबै उच्च अदालतमा केन्द्रबाटै प्रतिनिधि पठाएर नेपाल बारले विरोधसभा गरेको हो ।

उच्च अदालत पााटनमा बारका अध्यक्ष चण्डेश्र्वर श्रेष्ठ, कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र केन्द्रीय सदस्य प्रकाश महर्जनले नेतृत्व गरेका छन् । उच्च अदालत जनकपुरमा महासचिव लीलामणि पौडेल तथा पूर्वउपाध्यक्ष विनोद शर्मा र सुरेन्द्रकुमार महतोले नेतृत्व गरेका छन् ।

इलाम उच्च अदालतको विरोधसभालाई बारका पूर्वउपाध्यक्षद्वय कुमार शर्मा आचार्य र मदन खड्का तथा केन्द्रीय सदस्य खिमानन्द अधिकारी, धनकुटा उच्च अदालतमा उपाध्यक्ष मानबहादुर रुम्दाली र पूर्वकोषाध्यक्ष मोहन इङ्नामले नेतृत्व गरे ।

प्रधानन्यायाधीशविरुद्ध एक महिनादेखि नियमितरुपमा आन्दोलनरत नेपाल बारले बिहीबार भने बालुवाटारसम्म मार्चपास गर्दै छ । नेपाल बारसँगै नागरिक समाजले मार्चपास गर्न लागेको हो ।

कात्तिक ९ गते नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन थालेको थियो । कार्यपालिकासँग नियुक्तिमा भाग मागेको, सहमति कार्यान्वयन नगरेको, बिचौलियालाई प्रश्रय दिएको लगायतको आरोप लगाउँदै बारले प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.