माओवादीले आज देशैभर वडा सम्मेलन गर्दै

0

काठमाडौं : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले शनिबार देशभर नै वडा सम्मेलन गर्दैछ । माओवादीले पार्टीलाई नयाँ शिराबाट निर्माण गर्नका लागि तल्लो तहबाट नै निर्वाचनमार्फत प्रतिनिधि चयन गर्न लागेको हो ।

देशभरका ६ हजार ७ सय ४३ वटा वडामा माओवादीले नेतृत्व चयन गर्न लागेको हो । माओवादीले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न निर्देशन दिएको छ ।

माओवादीले हालसम्म झण्डै आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएको जनाएको छ ।

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ ।

माओवादीले आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गर्ने गरी मिति तय गरेको छ ।

Leave A Reply

Your email address will not be published.