सर्वोच्चमा देखिएको समस्या एक-दुई दिनभित्रै  समाधान हुन्छ : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सर्वाेच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् । 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने  कार्यक्रम सहभागी हुन आउनुभएको अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

उनले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताए । 

सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको बताए ।

Leave A Reply

Your email address will not be published.