लुकेर बसेका सम्पदाहरुको खोजी र संरक्षण आवश्यक : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लुकेर बसेका सम्पदाहरुको खोजी र संरक्षण आवश्यक रहेको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकमा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी गर्नु पर्ने बताएका हुन् ।

उनले प्राज्ञिक अध्ययन अनुसन्धानबाट विविध भाषाभाषी, जातजाती, समुदायका मौलिक तथा संस्कृति कलाहरु संरक्षण र सवर्द्धन गर्नु पर्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले नेपालको भाषा, साहित्य, संस्कृतिलाई विश्वसामु चिनाउनु पर्ने बताए ।

देश भौतिकरुपमा जति नै सम्पन्न भएपनि देशको सांस्कृतिक पक्ष कमजोर भएमा अपेक्षित सफलता हात पार्न नसकिने उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.