काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा बुधबार अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् ।
काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठीमाईको समेत दर्शन गरिन् । काठमाडौँ महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले बुधबार राष्ट्रपति भण्डारीबाट पूजाअर्चनाबाहेकका अन्य कार्यक्रम यसपटक नगरिएको जानकारी दिए ।
छठ पर्वका अवसरमा यहाँ राष्ट्रप्रमुखबाट नियमितजसो नै कमलपोखरीको भ्रमण गरी पूजाअर्चना हुने गरेको छ ।
छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ । भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ ।