सत्तारुढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएर सार्वजनिक गरेको छ । पछिल्लो समय रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशिल सदस्यता टुंग्याएको हो ।
७६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुँदा रौतहटको बाँकी रहेको थियो । क्रियाशील सदस्यता सार्वजनिक भए पनि रौतहटका केही नेताहरु भने पार्टी कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।
कांग्रेसले १४ औं महाधिवेशन मंसिर २४–२६मा काठमाडौंमा गर्दै छ । पटक पटक सार्दै आएको महाधिवेशन यस पटक भने कांग्रेसलाई सार्ने सुविधा भने छैन ।
आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर २८ गते दल दर्ता गर्दा कांग्रेसको नेतृत्व चयन भएको देखाउनु पर्ने कानुनी बाध्यता रहेको छ । यदि मंसिरमा तोकिएको समयमा कांग्रेसको महाधिवेशन हुन सकेन भने राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस पार्टी दर्ता नै नहुने अवस्था रहेको छ ।