प्रधानन्यायाधीशले तोकेको इजलासमा न्यायाधीश चुडालले गरे सुनुवाइ

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलासमा न्यायाधीश कुमार चुडालले सुनुवाइ गरेका छन् ।

उनले बन्दीप्रत्यक्षीकरण सम्बन्धी एउटा मुद्दामा कारण देखाउ आदेश जारी गरेका छन् । चुडालले जिल्ला अदालत रुकुमपूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेका हुन् ।

चुडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक–एक वटा रिट पेसीमा थिए । दुईमध्ये चुडालले रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ इजलास गएका छैनन् ।

अन्य न्यायाधीश भने आन्तरिक छलफलमा रहेका छन् । प्रधानन्यायाधीशले आफैंलाई पनि इजलास तोकेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।

सोमबार जबराले ६ वटा इजलास तोकेका छन्। जसमा दुईवटा एकल इजलास र चारवटा संयुक्त इजलास छन् ।

Leave A Reply

Your email address will not be published.