कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

0

काठमाडौं : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाही नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

वैशाख २ गते भएको सहमति अनुसार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएका थिए ।

कर्णाली प्रदेशसभामा रहेका ३५ सांसद मध्ये २१ सांसदले कांग्रेस नेता शाहीलाई मुख्यमन्त्री बनाउन भन्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

Leave A Reply

Your email address will not be published.