‘हामी नेपाली ग्लोबल’ बेल्जियम, च्याप्टरको अध्यक्षमा अनुजा प्रधान

0

बिशुद्ध सामाजिक सेवा मार्फत देश बिदेशमा रहेका नेपालीहरु र मातृभूमी नेपाललाई सहयोग गर्ने उद्द्यस्य राखेर स्थापना भएको हामी नेपाली ग्लोबल बेल्जियम च्याप्टरको दोश्रो अधिबेशन सम्पन्न भएकोछ । सोमबार बेल्जियमको एन्तवेरपेन शहरमा सम्पन्न भएको अधिबेशनको उद्घाटन बेल्जियम एबम बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले गर्नु भयो ।

अधिबेशन उद्घाटन समरोहमा शुभकामना मन्तब्य दिदै राजदुत राजभन्डारीले संस्थाको मुल उद्यस्य क्षत्रियता, जातियता , राजनीति र साम्प्रदायिकता भन्दा माथि उठेर मात्रीभुमि र नेपाली समुदायको उथ्थानका लागि सहयोग गर्ने पवित्र भाबनाबाट आफु प्रभाबित भएको र आगामी दिनमा संस्थाले उद्ध्य अनुरुप काम गर्न सफल होस् भन्नु भयो । उहाले बिदेशमा बसे पनि नेपालमा केही गरौ भनेर परोपकारी भाबनाले संस्था बन्नु सकारात्मक भएको बताउनु भयो ।

गैर आबासिय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तिर्थ धमालाले हामी नेपाली ग्लोबल बेल्जियमका सामाजिक काममा एनआरएनए सहकार्य गर्न तयार रहने बताउदै अधिबेशनको सफलताको कामना गर्नु भयो ।

हामी नेपाली ग्लोबल जर्मनीबाट प्रतिनिधित्व गर्नु हुने काउन्सिलर किरण सिग्देलले कोभिड महामारीमा संस्थाले उल्लेख्य सहयोग गरेको र कोभिडकै कारण अन्य गतिबिधी सोचे अनुसार गर्न नसके पनि अब संस्थाले अघि बढाउन खोजेका योजनाहरु सुचारु हुने विश्वाश ब्यक्त गर्दै अधिबेशनको सफलताको कामना गर्नु भयो ।

हामी नेपाली ग्लोबल बेल्जियमका लागि काउन्सिलर गीता लामाले हामी नेपाली ग्लोबलको आवश्यकता र महत्त्वबारे प्रकाश पर्नु भएको थियो । त्यसै गरि श्रीप्रशाद दवाडीले बेल्जियममा नेपाली घर बनाउने लगायतका संस्थाका आगामी कार्ययोजना र अबधारणा प्रस्तुत गर्नु भएको थियो ।

गैर आबासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, रजनी प्रधान, हामी ग्लोबल जर्मनीका अध्यक्ष रण बहादुर साउद लगायत बेल्जियम स्थित संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको कार्यक्रमको सन्चालन महासचिव मीन क्षेत्री र सभापतित्व उपाध्यक्ष अनुजा प्रधानले गर्नु भएको थियोे । अतिथीहरुलाई बिष्णु पौडेलले स्वागत गर्नु भएको थियो ।

दोश्रो चरणमा भएको बन्द शत्रमा ओम शर्मा, डिल्ली अम्माई किरण सिग्देल, जोगमान तमाङ र दिपक न्यौपाने रहेको निर्वाचन मन्डलले अनुजा प्रधानको अध्यक्षतामा हामी नेपाली नेपाली ग्लोबल, बेल्जियमको कार्यसमिती सर्बसम्मत घोषणा गरेको थियो । कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा मिन क्षेत्री , उपाध्यक्ष:- बिमल सुब्बा , महासचिब:- बिष्णु पौडेल, सचिब राम पुन, कोषाध्यक्ष श्रीप्रसाद दवाडी, सदस्य-अनुजा चापागाइ, निर्मला परियार, महिला सयोजक: सारदा अर्याल प्रेस सयोजक: साइमोन आले, स्पोर्टस समयोजक: सन्तोश पौडेल रहनु भएकोछ ।

हामी नेपाली ग्लोबलले अनुमोदन गरे पछि नयाँ कार्यसमितिको सपथ ग्रहण, प्रमाणपत्र बितरण र पुरानो कार्यसमितीबाट बुझबुझारथ लगायतका कार्यक्रम गरिने पनि जनाइएकोछ ।

Leave A Reply

Your email address will not be published.