देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा मान्दिनँ : नेता पौडेल

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री सेटिङमा नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुरा आफूले नमान्ने बताएका हुन् । 

एमाले अध्यक्ष ओलीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि अदालतले संविधानको ब्याख्या गर्दै जाँदा देउवालाई प्रधानमन्त्री बनाएको पौडेलको भनाइ छ ।

नेता पौडेलले न्यायपालिकामा देखिएको समस्याको विषयमा पार्टीको धारणा आउनु पर्ने पनि उल्लेख गरे । 

पार्टीभित्र चाँडै छलफल गरेर पार्टीको धारणा बनाएर चाँडै न्यायपालिकामा देखिएको समस्या यसको समाधानका उपायहरूको विषयमा सार्वजनिक गरिने जानकारी समेत उनले दिए ।

Leave A Reply

Your email address will not be published.