एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिकाे संख्या बढायाे, अब १ हजार ९ सय ९९ प्रतिनिधि हुने

0

काठमाडौं : नेकपा एमालेको मंसिर १०–१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि हुने भएका छन् ।

स्थायी कमिटीको बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९ सय ९९ पुर्‍याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनोट कात्तिक २६ गतेसम्म गरिसक्नु पर्नेछ । कात्तिक २६ गतेसम्म प्रतिनिधि छनौट गरी २८ गतेभित्र प्रतिनिधिको नामावली केन्द्रीय कार्यालयमा अनिवार्य पठाइसक्नु पर्ने निर्णय गरेको छ ।

एमालेले संघीय निर्वाचन क्षेत्रबाट महाधिवेशन छान्ने भएको छ । संगठित सदस्यताका आधारमा कुन निर्वाचन क्षेत्रबाट कति महाधिवेशन प्रतिनिधि आउने भन्ने टुंगो लाग्नेछ ।

अहिले एमालेमा ७ लाख २८ हजार संगठित सदस्य रहेका छन् । यसैगरी केन्द्रीय समितिको बैठकले १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.