प्रधानन्यायाधीश राणालाई पद छाड्न चौतर्फी दबाब

0

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पद छाड्न चौतर्फी दबाब बढेको छ ।

१४ न्यायाधीशले फुलकोर्ट बहिष्कारको निर्णय गरे पश्चात चार पूर्वप्रधानन्यायाधीश, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेका हुन् ।

प्रधानन्यायाधीश जबरा न्यायिक विचलन, भागबन्डा, सौदाबाजी र भ्रष्टाचारमा संलग्न भएको भन्दै सार्वजनिक रूपमा मागिएको उनको राजीनामाप्रति सर्वोच्चकै न्यायाधीशहरूसमेत सहमत छन् ।

मार्ग प्रशस्त गर्न आग्रह गर्दै असन्तुष्ट न्यायाधीशहरुले मंगलबार प्रधानन्याायधीश जबरालाई भेट्दै छन् । सोमबार बसेको न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निष्कर्ष निकालेका थिए ।

त्यस्तै नेपाल बार एसोसिएसनले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको नेपाल बारको बैठकले सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधान्यायाधीश राणाले पदबाट निकास दिनुपर्ने निस्कर्ष निकालेको हो ।

यता चार पूर्वप्रधानन्यायाधीहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले न्यायालयमा देखिएका समस्याको सिर्जना प्रधानन्यायाधीशले नै गरेको भन्दै समाधानका लागि उनले नै जवाफदेहिता देखाउनुपर्ने बताएका छन् ।

सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिष्कार गरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूबाहेक सोमबार अदालतमा उपस्थित १३ न्यायाधीशका लागि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर न्यायाधीशहरु उक्त इजलासमा बसेनन् । त्यसैले सोमबार सर्वोच्च अदालतबाट एउटा मुद्दामा पनि न्याय निरुपण भएन ।

Leave A Reply

Your email address will not be published.