यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने बेलायत भ्रमण तालिका सार्वजनिक भएको छ । ग्लास्गो शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार साँझ लण्डन पुग्ने भएका हुन् ।

भ्रमणका क्रममा समिटमा सहभागी हुन आउने विश्व नेता तथा उच्चस्तरीय प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री देउवाले भेट गर्ने कार्यक्रम रहेको छ । उनले अक्टोबर ३० मा बेलायती मन्त्री र उच्च अधिकारीलाई भेट्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो शहर प्रस्थान गर्ने छन् । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित विस जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ ।

देउवाले समिटमा विश्वमा तीब्र गतिमा हुँदै गएको जलवायु परिवर्तनमा नेपालको धारणा राख्ने छन् ।

भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ ।

नेपाली जनसम्पर्क समिति बेलायतका अनुसार बेलायत रहदा उनले नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने गर्नेछन ।

प्रधानमन्त्रीको टोली नोभेम्बर तीनमा नेपाल फिर्ता हुने कार्यक्रम तय भएको छ ।

Leave A Reply

Your email address will not be published.