शीर्ष नेताहरुका कारण टीकापुर घटना : डा.कोइराला

0

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चारदलका शीर्ष नेताहरुका कारण टीकापुर घटना घटेको बताएका छन । ‘चारदलका केही नेताहरु बन्द कोठामा बसेर खस–आर्यका मात्र हकअधिकारको सुनिश्चितता गर्ने, तर मगर, थारु लगायतका आदिवासी जनजातिका नाममा राजनीतिमात्र गर्ने गरेका कारण मुलुकमा जातीय द्वन्द सुरु भएको उनले दावी गरेका छन ।’
‘आफ्नो गाँउ , टोल , जिल्ला र क्षेत्र छुन पनि नदिने तर अनेत्र मनलाग्दी गर्ने नेताहरुको चरित्रका करण संघीयता जटिल बन्दै गएको नेता कोइरालाले बताएका छन ।’ ‘कुनै आधार बिनै ८, ६ हुदै ७ प्रदेशमा निर्णय गरेर शीर्ष नेताहरुले गणतन्त्रलाई कमजोर पारेको उनले आरोप समेत लगाए ।’
बुधबार ईमेज एफएमसंग कुरा गर्दै डा. कोइरालाले ‘प्रदेशको सीमाङ्कन विज्ञहरुको आयोगलाई नदिएसम्म समस्याको समाधान नहुने बताएका छन ।’ ‘अहिले त हामीले संघीयताका नाममा देश विभाजन मात्र गरिरहेका छौ,’ भन्दै कोइरालाले भने-‘ कुनै पनि जात र समुदायलाई अधिकार दिन डराउनु पर्दैन । गणतन्त्र सबैको अधिकारका लागि हुनु पर्छ ।’
टीकापुर घटनामा गृहमन्त्री दोषी भएको आरोप लगाउदै ,उनले भने-‘प्रहरी संगठनहरुमा राजनीति गरेर एकअर्काप्रति अविश्वास जगाउने काम गृहमन्त्रीले नै गरेका छन ।’ ‘निहत्था प्रहरीहरुलाई मारिरहदा गृहमन्त्रीले संगै रहेको सशस्त्र प्रहरी परिचालन गर्न किन निर्देशन दिएनन?’ उनले भने । ‘नेपालमा अब राजतन्त्रको कुरा गर्नु कुनै अर्थ त छैन, तर ०६२-०६३ को परिवर्तनमा राजतन्त्रका बारेमा गम्भीर बहस हुन नसको पक्कै हो भन्दै उनले दलहरु गणतन्त्र संस्थागत गर्न असफल भएको बताएका छन ।’

Leave A Reply

Your email address will not be published.