नवनियुक्त उद्योग मन्त्री गजेन्द्र हमालले दिए राजीनामा

0

काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटाबाट मन्त्री भएको भन्दै आरोप लागेपछि उनी विवादमा तानिएका थिए ।

आफूलाई मन्त्री बनाएको विषयमा विवाद बढेपछि राजीनामा दिएको हमालले बताएका छन । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री देउवाले पनि हमाललाई राजीनामा दिन भनेपछि उनले राजीनामा दिएको बुझिएको छ । गैरसांसद हमाल कांग्रेस कोटाबाट मन्त्री बनेको भन्दै सत्तारुढ दलका नेताहरुले बचाउ गर्दै आएका छन् ।

देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

Leave A Reply

Your email address will not be published.