प्रधानन्यायाधीशको कोटाबाट म मन्त्री बनेको होइन : मन्त्री हमाल

0

काठमाडौं : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफू प्रधानन्यायाधीशको कोटामा मन्त्री बनेको नभई कांग्रेसमै आफूले लामो समयदेखि योगदान गरेको जिकिर गरेका छन् ।

सिंहदरबारमा पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले आफू लामो समयदेखि कांग्रेस राजनीतिमा समर्पित भएको उल्लेख गरेका हुन । प्रधानन्यायाधीससँग नाता पर्ने कुरा अप्रतक्ष्य रुपमा स्वीकार गर्दै मन्त्री हमालले कसको कोसँग नाता पर्दैन र भनेर प्रतिप्रश्न गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान नाता पर्ने हमाल राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना हुँदै आएको छ ।

सरकारमा गैर सांसदवाट मन्त्री हुने उनी एक मात्रै व्यक्ति हुन् । शुक्रबार मन्त्रीपरिषद् विस्तारका क्रममा सांसद नरहेका हमालले पनि मौका पाएका हुन् । सांसद नभएका कारण उनले छ महिना मात्रै मन्त्री बन्न पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.