स्वास्थ्य मापदण्डमा रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाइने छैन : गृह मन्त्रालय

0

काठमाडौं : गृह मन्त्रालयले स्वास्थ्य मापदण्डमा रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाउने स्पष्ट पारेको छ ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासनले भेला जुलुस लगायतका कार्यक्रममा रोक लगाउने गरी आदेश जारी गरेपछि त्यसको आसय नियमभित्र रहेर गरिने कार्यक्रममा बन्देज नभएको गृहले जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा सरकारले संविधान, प्रचलित कानुन र कोरोना भाइरसको नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्डभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले बिहीबार कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर ननिस्कन, जम्मा नहुन, भीड नगर्न, सभा, जुलुस र भीडभाड नगर्न/नगराउन आदेश जारी गरेको थिए ।

Leave A Reply

Your email address will not be published.