अन्नपूर्ण क्लब ब्रसेल्सको ५ किलोमिटर महिला दौड प्रतियोगिता सम्पन्न

0

सिर्जना कार्की थापा , ब्रसेल्स,

अन्नपूर्ण क्लब ब्रसेल्सले ५ किलोमिटर महिला दौड प्रतियोगिता आयोजना गरेकोछ । बेनेलक्सका लागी महामहिम नेपाली राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यमा तथा एनआरएनए बेल्जियमका अध्यक्ष खडक बहादुर के:सी को आथित्यतामा भएको ( 5 Km Anderlecht ladies run ) दौड प्रतियोगितामा ४२ महिला दिदीबहिनीहरुको सह्भागिता रहेको थियो ।

नेपाली मुलका र अन्य समुदायका महिलाहरु सहभागि भएको दौड प्रतियोगितामा प्रथम द्वीतिय र तितृय स्थान हाशिल गर्नु भएका क्रमश प्रथम लुभेन निवासी रश्मी के सी ,दितीय ब्रुसेल्स निवासी आरती श्रेष्ठ र तितृय हुने आन्तोरपेन निवासी संगीता ढेवाजु लगायतका सहभागीहरुलाई प्रमुख अथिती राजभण्डारीले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत राजभन्दारीले यस्ता खालका कार्यक्रमहरुले मनिषमा सकारात्मक सोचको बिकास हुने, स्वस्थ रहन पनि मद्दत पुग्ने हुनाले आयोजकहरुलाई धन्यबाद दिदै खेलकुदलाई निरन्तरता दिन पनि अनुरोध गर्नु भयो । एनआरएनए अध्यक्ष खड्क बहादुर केसीले आयोजकको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई सहयोग गर्न संघ सधैं तयार रहेको बताउनु भयो ।

आयोजक अन्नपूर्ण ब्रुसेल क्लबको तर्फबाट हरी श्रेष्ठ र दीपेन्द्र के:सीले कोरोनाको कहरका कारण लामो समय भेटधाट नभएका महिला दिदिबहिनीहरुको उत्साहजनक सहभागिताले आफुहरुलाई आगामी दिनहरुमा थप कार्यक्रम गर्न हौसला मिलेको भन्दै सहभागि हुनु भएका सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.