नेपाल–चीन सीमा विवादबारे समितिले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

0

काठमाडौं : नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणलाई समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै मन्त्री खाँणले समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री खाँणले विकट स्थानमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवादसमेत दिए । अध्ययन त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने उनले बताए ।

प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाँणलाई जानकारी गराएका थिए ।

समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.